२०८१ वैशाख २७ गते
काठमाडौं । मेडीकल व्यवसायी दुर्गा प्रसाईं निकट युवाहरुले दुई बैंकमा तोडफोड गरेका छन् । बिहीबार प्रसाईँको समर्थकले झापाको बिर्तामोडमा रहेका दुई बैंकको शाखामा तोडफोड गरेका हुन् ।
प्रसाईको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत आजआयोजित र्यालीमा सहभागी भएका चार जना युवाले बिर्तामोडमा रहेका एभरेष्ट बैंक र ज्योती विकास बैंकको शाखा कार्यालयमा तोडफोड गरेको हुन् । जसमध्ये ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
मंगलबार प्रसाईंको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा र्याली आयोजना गरिएको थियो ।आज उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्याली निकालेको थियो ।
तोडफोडमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया