२०८१ असोज ०८ गते
काठमाडौं । दुई वाणिज्य बैंकहरूले ३ लाख ५६० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले १ लाख ९० हजार ६९५ कित्ता र कुमारी बैंक लिमिटेडले १ लाख ९ हजार ८६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्नेछन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय दरवारमार्ग, काठमाडौं र कुमारी बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंसँग शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडका केन्द्रिय कार्यालय नागपोखरी, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । विक्रेताले तोके बमोजिम मूल्य कायम हुने जानकारी दिएका कम्पनीहरूले आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी समेत दिएको छन् ।
प्रतिक्रिया