दुई वाणिज्य बैंक सहित एक लघुवित्तको संस्थापक शेयर विद्यमान संस्थापकका लागि मात्र विक्रीमा

२०८१ कात्तिक २५ गते

दुई वाणिज्य बैंक सहित एक लघुवित्तको संस्थापक शेयर विद्यमान संस्थापकका लागि मात्र विक्रीमा

काठमाडौं । आइतवार दुई वाणिज्य बैंक सहित तीन कम्पनीहरुले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडले ३ लाख २५८ कित्ता , सिटिजन्स बैंक इन्टरनेशनलले २५ हजार कित्ता र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५२ हजार ७३५ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेका हुन ।

तीन कम्पनीमध्ये सिटिजन्स बैंकले भने शेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकेको छ । यी कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन पेश गर्नुपर्नेछ । आगामी ३५ दिनभित्र माछापुच्छ्रे बैंकको शेयर खरीदका लागि भने शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय सुन्धारा,काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । सिटिजन्स बैंकको शेयर खरीदका लागि केन्द्रिय कार्यालय नारायणहिटी, काठमाडौं र डिप्रोक्स लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय सितापाईला, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

Advertisement:

Ad
Ad

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट यी शेयर खरीद माग नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी सम्बन्धित कम्पनीहरुले सूचनामार्फत गराएका छन् ।