विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्म नगद ल्याउन पाउने, सो भन्दा बढी ल्याए भन्सारमा स्वघोषणा गर्नुपर्ने

२०८२ भदौ ११ गते

विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्म नगद ल्याउन पाउने, सो भन्दा बढी ल्याए भन्सारमा स्वघोषणा गर्नुपर्ने

काठमाडौं ।  विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्म नगद ल्याउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक पटकमा एक जना विदेशीले ५ हजारसम्म अमेरिकी डलर ल्याउन पाउने र त्यसभन्दा बढी ल्याए भन्सारमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सर्कुलर अनुसार विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारुको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबर) भन्सार घोषणाबिना नेपालमा भित्र्याउन सकिने बताएको छ।

Advertisement:

Ad
Ad

सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने  राष्ट्र बैंकले भनेको छ। राष्ट्र बैंकले २०७५ असार ३२ र २०७५ चैत २६ मा प्रकाशित सूचनाबमोजिम गर्नरगराउन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सूचना पुनः प्रकाशित गरिएको जनाएको छ।

यस्तै, चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोट कारोबार गर्न तथा भारु २००, ५०० र २००० दरका नोट साथमा राख्न, ओसारपसार र कारोबार गर्न नपाइने व्यवस्था रहेको बताएको छ। नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारु लैजान वा अन्य मुलुकबाट भारु नेपाल ल्याउन पाउने छैनन।