डिप्रोक्स लघुवित्तले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

२०८१ मंसिर २८ गते

डिप्रोक्स लघुवित्तले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

 

Advertisement:

Ad
Ad