चार वटा विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

२०८१ वैशाख २३ गते

चार वटा विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको कारबाहीमा चार वटा विकास बैंक परेका छन् । राष्ट्र बैंकको नीति नियम उल्लंघन गरेबापत यी बैंकहरु कारबाहीमा परेका हुन् । यसरी कारबाहीमा पर्नेहरुमा मुक्तिनाथ, गरिमा, लुम्बिनी र एक्सल डेभलपमेन्ट बैंक रहेका छन् ।

मुक्तिनाथ विकास बैंकले राष्ट्र बैंकलाई १० लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ । बैंकले वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नगरेको तथा निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लंघन गरेको भन्दै १० लाख जरिवाना तिराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Advertisement:

Ad
Ad

गरिमाका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठ र अन्य व्यक्तिसमेतको नाममा सञ्चालनमा रहेको संयुक्त खातामा बीमा कम्पनी खोल्ने उद्देश्यले सर्वसाधारण तथा वित्तीय संस्थाका संस्थापकसमेतबाट आवेदन रकम संकलन गर्ने कार्य भएको देखिएको छ । सो खाताबाट विभिन्न चरणमा खर्च भएको अवस्थामा पनि ती कारोबारहरुको अनुगमन नभएको देखिएकाले संस्थाको संस्थागत सुशासन र सञ्चालकको आचरण कार्यान्वयनको अवस्थासमेत कमजोर देखिएको भन्दै सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठलाई सचेत गराइएको हो ।

लुम्बिनी विकास बैंकमा पनि वित्तीय संस्थामा ग्राहक पहिचान तथा सम्पुष्टि हुन नसकेको पाइएको छ । यस्तै शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पनि पूर्ण रुपमा लागू नभएपछि राष्ट्र बैंकले लुम्बिनीलाई सचेत गराएको हो ।

त्यस्तै एक्सल डेभलपमेन्ट बैंक पनि राष्ट्र बैंकको नियम उल्लंघन गरेकोमा कारबाहीमा परेको छ ।