चालु आर्थिक वर्षको पहिलो महीनामा ११ विकास बैंक नाफामा ६ ओटा घाटामा,कुन बैंकको नाफारघाटा कति ?

२०८१ असोज ०२ गते

चालु आर्थिक वर्षको पहिलो महीनामा ११ विकास बैंक नाफामा ६ ओटा घाटामा,कुन बैंकको नाफारघाटा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महीनामा ११ विकास बैंक नाफामा छन् भने ६ ओटा घाटामा छन् ।

नेपाल राष्ट्र बैंककोे तथ्यांक अनुसार गत साउनमा मितेरी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक घाटामा छन् ।

Advertisement:

Ad
Ad

यस्तै, ११ विकास बैंक भने नाफामा रहेको राष्ट्र बैंकले जनाएको छ । नाफामा रहेका बैंकहरूमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा बढी छ । यस बैंकले साउनमा २० करोड २० लाख नाफा कमाएको छ ।

साउनमा सर्वाधिक नाफा कमाउने विकास बैंकको सूचीमा दोस्रोमा मुक्तिनाथ विकास बैंक छ । बैंकले १६ करोड ९६ लाख नाफा कमाएको छ ।

त्यस्तै महालक्ष्मी विकास बैंकले  १० करोड ५७ लाख, गरिमा विकास बैंकले रू। ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख नाफा कमाएको छ ।

घाटामा रहेका बैंकहरूमध्ये एक्सेल डेभलपमेन्ट बैंकले सबैभन्दा बढी ६ करोड ३७ लाख घाटा व्यहोरेको छ । त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकले  ८६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले  ४८ लाख र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख घाटा व्यहोरेका छन् ।