२०८२ भदौ १४ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षबाटै लागु गर्ने भनेको काउन्टर साइक्लिकल बफर यो बर्ष पनि नलाग्ने भएको छ । चालु आर्थिक वर्ष (२०८२/०८३) मा पनि यस्तो बफर शुन्य प्रतिशत कायम गरेको छ । बैंकले एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक वर्ष २०८१/०८२ वर्ष पनि शुन्य प्रतिशत कायम गरेको थियो ।
गत वर्ष नै लागु गर्ने भनिएपनि बैंकर्सहरुको बैकर्सहरुले कर्जा विस्तारमा समस्या हुने भन्दै यस्तो बफर केही समय स्थगन गर्न माग गरेका थिए । सोही अनुरुप वफर स्थगन गरिएको थियो । आव २०८०/८१ मा बैंकहरूले प्राथमिक पुँजी आवश्यक ८.५ प्रतिशतमा थप ०.५ प्रतिशत पुँजी कायम गर्नुपरेको थियो ।
बफरको व्यवस्थाले कर्जाको अनियन्त्रित प्रवाहलाई नियन्त्रण गर्न मद्दत गर्छ । वित्तीय संकटको तीव्र दबाबको सामना गर्न बैंकहरूलाई सक्षम बनाउने उद्देश्यले यो बफरको व्यवस्था गरिएको हो ।
काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत रहने व्यवस्थाले बैंकहरुको क्यापिटल एडुकेसी रेसियो (सीएआर) ११ प्रतिशत र टायर वान क्यापिटल (सीसीएआर) ८.५ प्रतिशत भए पुग्नेछ। यसले बैंकहरुलाई थप कर्जा प्रवाह गर्ने क्षमता विस्तार गर्नेछ।
प्रतिक्रिया