२०८२ भदौ ०५ गते
काठमाडौ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो एक महिना (साउन)मा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार महिनाको तुलनामा साउनमा निक्षेप संकलन ५२ अर्ब र कर्जा लगानी ११ अर्ब रुपैयाँले घटेको छ ।
साउन मसान्तसम्म बाणिज्य बैंकहरुको निक्षेप संकलन ६४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । एक महिनामा १५ बैंकको निक्षेप संकलन घटेको छ भने ५ बैंकको बढेको छ । यस अवधिमा सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । एक महिनामा यसको निक्षेप संकलन ७ अर्ब ९६ करोड रुपैयाँले बढेर ५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।
समग्रमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ५२ अर्ब २२ करोड रुपैयाँले घटेर ६४ अर्ब ७८ करोड रुपैयाँमा आएको हो । असार महिनामा वाणिज्य बैंकले ६५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
यता साउन महिनामा १० वटा बैंकको कर्जा प्रवाह घटेको छ भने १० वटै बैंकको बढेको छ । सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा पनि ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकको कर्जा प्रवाह ४ अर्बले बढेर ४४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । साउनमा २० वाणिज्य बैंकको कर्जा प्रवाह १० अर्ब ८६ करोड रुपैयाँले घटेर ४९ खर्ब ६३ अर्ब रुपैयाँमा आएको छ ।
प्रतिक्रिया