२०८२ साउन ३० गते
काठमाडौ । बैंकहरुले गत आर्थिक बर्ष २०८१/०८२ मा उल्लेखनीय प्रगती गरेको वित्तिय विवरण सार्वजनिक गरेका छन् । ४३.३९ प्रतिशतले नाफा बढाएका बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।अघिल्लो आवमा वाणिज्य बैंकहरुले ४९ अर्ब ८७ करोड १४ लाख २१ हजार रुपैयाँ नाफा गरेका थिए ।
हाल २० बाणिज्य बैंक छन् । ती बैंकहरुमध्ये सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । विगत देखि नै यसले नाफामा नम्बर एक स्थान ओगट्दै आएको छ । नबिलको नाफा १५.०१ प्रतिशतले बढेर ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा नबिलले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो । नाफाका आधारमा दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक परेको छ । यसले ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।
यस्तै दोस्रो स्थानमा पर्दै आएको ग्लोबल आइएमइ बैंक भने एक स्थान तल झरेर तेस्रो स्थानमा परेको छ । यस बैंकले गत आव ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । जबकी यस बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ कराड ७४ लाख रुपैयाँ नाफा गरेको थियो ।
प्रभु बैंकले ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ नाफा गर्दा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको छ । कृषि विकास बैंकले ४ अर्ब १५ करोड, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड रुपैयाँ,राष्टिय बाणिज्य बैंकले ३ अर्ब ८१ करोड, नेपाल बैंक ३ अर्ब ७७ करोड र सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेका छन् ।
यस्तै एनएमबी बैंकले ३ अर्ब २८ करोड रुपैयाँ नाफा गर्दा स्ट्याण्डर्ड चार्टड बैंकले ३ अर्ब २ करोड रुपैयाँ नाफा गरेको छ । स्ट्याण्र्डडको नाफा भने ७.५१ प्रतिशतले घटेको हो । सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारीको २ अर्ब ११ करोड रुपैयाँ,माछापुछ्रेको २ अर्ब १ करोड रुपैयाँ नाफा रहेको छ । यता नेपाल एसबिआइ बैंकको भने नाफा घटेर १ अर्ब ८० करोडमा झरेको छ । यसको नाफा ९.८६ प्रतिशतले घटेको हो । हिमालयन बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ ।
सिटिजन्सको नाफा पनि घटेर १ अर्ब २९ करोड रुपैयाँमा झरेको छ । यसको नाफा २.०८ प्रतिशतले घटेको हो । यता एनआइशी एशिया बैंकको नाफा पनि घटेर १६ करोडमा झरेको छ ।
प्रतिक्रिया