२०८२ असोज २९ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबार पनि बैकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्दैछ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त रकम तान्न लागेको हो ।
४ दिनका लागि राख्न लागिएको यो निक्षेपको लागि आजै ३ बजे अनलाइन बिडिङ प्रक्रियाबाट बोलकबोल हुनेछ । यो निक्षेप कात्तिक २ गते परिपक्क हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सहिनेछ ।
यो निक्षेप केन्द्रिय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिनेछ ।
प्रतिक्रिया