बैकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

२०८२ भदौ १८ गते

बैकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैकिंङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउँदैछ । २५ दिनको लागि निक्षेप संकलन उपकरण मार्फत उक्त रकम बोलकबोल गर्न लागेको हो । आज (भदौ १८) ३ बजेसम्म बोलकबोल हुनेछ ।

 ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने यस निक्षेप असोज १२ गते परिपक्क हुनेछ । बोलकबोल गर्दा घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेषभाग जाने गरी कुल आह्वान रकमसम्म  गर्न सकिनेछ ।

Advertisement:

Ad
Ad

यो निक्षेपलाई केन्द्रिय बैंकबाहेक  अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड हुनेछ ।