२०८२ साउन २१ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज पनि बैकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउँदैछ । केन्द्रिय बैंकले ३५ दिनको लागि निक्षेप संकलन उपकरण मार्फत उक्त रकम उठाउँन लागेको हो ।
आज दिउसो ३ बजे अनलाइन बिडिङ सिस्टम मार्फत बोलकबोल हुनेछ । यो निक्षेपको साँवा ब्याज भुक्तानी भदौ २५ गते हुनेछ । यो निक्षेप घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म आव्हान गर्न सकिने केन्द्रिय बैंकले भनेको छ । यो निक्षेप बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिनेछ । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणका ेबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म)
उल्लेख गर्नु पर्नेछ ।
प्रतिक्रिया