२०८२ असार ३० गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार गर्न के गर्नुपर्छ भन्दै अध्ययन गरेर सुझाव दिन बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आगामी ५ वर्षमा गर्न सक्ने कामलाई समेटेर सुझावसहितको प्रतिवेदन बुझाएको हो । राष्ट्र बैंकका पूर्व निर्देशकसमेत रहेका नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको नेतृत्वमा गठित कार्यदलले गठन भएको १ महिनामा मै प्रतिवेदन बुझाएको हो ।
गभर्नर नियुक्त भएपछि डा. पौडेलले बैंकिङ क्षेत्र कसरी सुधार्न सकिन्छ भन्ने सुझाव दिन कार्यदल बनाएका थिए । कार्यदलले १२३ पृष्ठको सुझाव दिएको छ ।
कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव थिए ।
प्रतिक्रिया