२ बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

२०८२ कात्तिक २४ गते

२ बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

काठमाडौ । नेपाल राष्ट्र बैंक दुई बैंकलाई कारबाही गरेको छ । केन्द्रिय बैंकले पहिलो त्रैमासमा कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको जनाएको छ ।

कुमारीलाई “कालोसूचीमा रहेकाव्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न पाउने छैन ।” भन्ने व्यवस्था विपरीत कारोबार गरेकोले सचेत गराएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था बमोजिम कुमारी बैंक लिमिटेडलाई सचेत गराइएको हो ।

Advertisement:

Ad
Ad

यस्तै केही प्राइमले कर्जाहरुलाई कर्जाको भाखा नाघेकोअवधिको आधारमा वर्गीकरण नगरेको, केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा  क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार नगरेको भन्दै सचेत गराइएको हो ।