११ बैंकले फेरी घटाए ब्याजदर, ९ बैंकको स्थिर

२०८२ कात्तिक ३० गते

११ बैंकले फेरी घटाए ब्याजदर, ९ बैंकको स्थिर

काठमाडौ । बाणिज्य बैंकहरुले मंसिरका लागि ब्याजदर प्रकाशित गरेका छन् । मुद्दती निक्षेका लागि प्रकाशित ब्याजदर अनुसार कात्तिकको तुलनामा ११ बैंकले मंसिरका लागि ब्याजदर घटाएका छन् । यस्तै ९ वटा बैंकले भने कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

 

Advertisement:

Ad
Ad

सबैभन्दा बढी एनआइसी एशियाले ०.७५ प्रतिशत ब्याजदर घटाएको छ । यो सँगै मंसिरका लागि यस बैंकको ब्याजदर ५ प्रतिशत कायम भएको छ । यस्तै सिद्धार्थ बैंकको पनि ०.५० प्रतिशतले घटेर ५ प्रतिशत ब्याजदर कायम भएको छ  । स्ट्याण्डर्ड चाटर्ड बैंकको ०.३० प्रतिशतले ब्याजदर घटेर मंसिरका लागि ४.७० प्रतिशत कायम भएको छ ।

 

प्राइम बैंक र सिटिजन्स बैंकको पनि ०.२५ प्रतिशतले ब्याजदर घटेर ४.७५ प्रतिशत कायम भएको छ । यता कृषि विकास बैंकको पनि ०.२५ प्रतिशतले ब्याजदर घटेर ४.७० प्रतिशत कायम भएको छ । नबिल बैंकको पनि ०.२० प्रतिशतले ब्याजदर घटेर ४.७५ प्रतिशत कायम भएको छ ।  यस्तै नेपाल एसबिआइ बैंकको ०.२० प्रतिशतले ब्याजदर घटेर ४.८० प्रतिशत कायम भएको छ भने कुमारी बैंकको ०.१० प्रतिशतले ब्याजदर घटेर ४.९१ प्रतिशत कायम भएको छ । 

 

ब्याजदर स्थिर राखेका बैंकहरु ग्लोबल आइएमइ बैंक (६ प्रतिशत), राष्ट्रिय वाणिज्य बैंक (५.५० प्रतिशत), नेपाल बैंक (५.२५ प्रतिशत), माछापुछ्रे बैंक (५ प्रतिशत), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (५ प्रतिशत), लक्ष्मी सनराइज बैंक (५ प्रतिशत) र प्रभु बैंक (४.९५ प्रतिशत) रहेका छन् ।