बैंकहरुले सिएसआरको रकम जेनजी आन्दोलनका घाइते र सहिद परिवारका लागि पनि खर्च गर्न पाउने

२०८२ असोज २८ गते

बैंकहरुले सिएसआरको रकम जेनजी आन्दोलनका घाइते र सहिद परिवारका लागि पनि खर्च गर्न पाउने

काठमाडौ । नेपाल राष्ट्र बैंकले  जेनजी आन्दोलनमा घाइते र सहिद परिवारका लागि पनि खर्च गर्न सक्ने गरी बैंक तथा वित्तिय संस्थाको लागि संस्थागत सामाजिक उतरदायित्व सम्बन्धी मार्गदर्शन संसोधन गरेको छ ।

 

Advertisement:

Ad
Ad

केन्द्रिय बैंकले मंगलबार एक सर्कुलर जारी गर्दै जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारको लागि दोहोरो नपर्ने गरी सिएसअरको रकम उक्त अस्पताललाई उपलब्ध गराउन सक्ने व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन् ।

 

यस्तै जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्घि गर्न सहयोग पु¥याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान


गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई पनि सिएसआरको केही रकम दिएर सहयोग गर्न सक्ने व्यवस्था गरेको हो ।