२०८२ मंसिर ०२ गते
काठमाडौ । बैंक तथा वित्तिय संस्थामा खोलिएका निक्षेप खाताको संख्या नेपालको जनसंख्या भन्दा लगभग दोब्बर पुगेको छ । २०७८ सालको जनगणनालाई आधार मान्ने हो भने नेपालको जनसंख्या २ करोड ९१ लाख भन्दा बढी छ ।
तर, नेपालको बैंक तथा वित्तिय संस्थामा खोलिएको निक्षेप खाता भने ६ करोड ६ लाख ९१ हजार ९५६ पुगेको छ । यो क वर्गका २० वटा बाणिज्य बैंक, ख वर्गमा १७ वटा विकास बैंक र ग वर्गका १७ वटा फाइनान्स कम्पनी गरी ५७ वटा बैंक तथा वित्तिय संस्थामा खुलेको निक्षेप खाता हो । सबैभन्दा बढी खाता क वर्गका वाणिज्य बैंकहरुमा खुलेको छ । वाणिज्य बैंकहरुमा मात्र ५ करोड २० लाख ६० हजार ५५८ खाता खुलेको छ ।वैंक तथा वित्तिय संस्थामा खुलेका यी खातामा भएको निक्षेप नेपालको अर्थतन्त्रको आकार (जिडिपि) भन्दा ठुलो छ । जिडिपि र निक्षेपको अनुपात १२३.१७ प्रतिशत रहेको छ ।
यी निक्षेपमा ४६.०८ प्रतिशत मुदती निक्षेपको हिस्सा छ भने ३८.४७ प्रतिशत बचत खाताको हिस्सा छ । यस्तै चल्ती खाता ६.६० प्रतिशत, कल डिपोजिट ८.२० प्रतिशत रहेको छ ।
यस्तै कर्जा खाता भने १९ लाख ९८ हजार ४ सय ९१ खााता खुलेको छ । निक्षेपखाताको तुलनामा कर्जा खाता निकै कम हो । यी खातामार्फत जिडिपिको ७५.४४ प्रतिशत कर्जा प्रवाह भएको केन्द्रिय बैंकको तथ्यांक छ । प्रवाह भएको कुलकर्जामा ५.२६ प्रतिशत कर्जा बैंकहरुले उठाउँन सकिरहेका छैनन त्यसकारण यस्तो कर्जा खराब कर्जाको (एनपिएल) रुपमा सुचिकृत छ ।
यता मो्बाइल बैंकिंङको प्रयोगकर्ताहरु २ करोड ८४ लाख १८ हजार ८९१ रहेका छन् । यस्तै इन्टरनेट बैंकिङका प्रयोगकर्ता २३ लाख २६५ रहेका छन । बैंक तथा वित्तिय संस्थाले १ करोड ३८ लाख १० हजार १८७ डेबिट कार्ड जारी गरेका छन् भने ३ लाख २२ हजार ९४१ क्रेडिट कार्ड जारी गरेका छन् ।
प्रतिक्रिया