बीमा दावी भुक्तानीलाई प्राथमिकतामा राख्दै सलिको,साउनमा मात्रै १५ करोड ६८ लाख दावी भुक्तानी

२०८१ भदौ ३० गते

बीमा दावी भुक्तानीलाई प्राथमिकतामा राख्दै सलिको,साउनमा मात्रै १५ करोड ६८ लाख दावी भुक्तानी

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो अर्थात साउन माहिनामा १५ करोड ६८ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार साउँन महिनामा कुद १५५१ वटा बीमा दावीका निवेदनहरु सूचीत भएको र जसमा ११९३ वटा दावी भुक्तानी गरिसकेको छ ।

Advertisement:

Ad
Ad

साउन महिनामा सूचीत भएका बीमा दावीमध्ये ३५८ वटालाई दावी भुक्तानी दिन बाँकी रहेको समेत कम्पनीले जनाएको छ ।