२०८२ साउन २३ गते
काठमाडौ । नेपालमा भाषा परिक्षा सञ्चालन गर्नका लागि सेवा आयात गर्ने कम्पनीले सोको भुक्तानीको लागि १५ हजार डलरसम्मको सटही सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बिहिबार एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यस अघि यस्तो व्यवस्था थिएन । ती संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा वा मानकीकृत परीक्षण टोफेल, आइएलटिएस, पिटिइ, जिआरइ, जिम्याट, स्याट लगायतको सेवा आयात गर्दा सोबापतको भुक्तानीको लागि प्रति पटक १५ हजार अमेरिकी डलरसम्मको सटही सुविधा बाणिज्य बैंकले प्रदान गर्न सक्नेछन् ।
सोका लागि नियामक निकायको सिफारिस अनिवार्य हुने छैन ।
प्रतिक्रिया