२०८२ साउन २९ गते
काठमाडौ । नेपाल बैंकर्स संघले डिजिटल भुक्तानी प्रदायक कम्पनी भिसासँग मिलेर सातवटै प्रदेशमा तालिम गर्ने भएको छ । बिहिबार एक कार्यक्रम आयोजना गर्दै एनबिएले भिसासँग साइबर सेक्यूरीटिको जागरण दिने गरी सम्झौता भएको जनाएको छ ।
एनबिएका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भिसासँग मिलेर प्रादेशिक तहमा साइबर सेक्यूरीटिको जागरण बढाउँने गरी तालिम दिने गरी सम्झौता भएको बताएका छन् ।
उनले भने, भिसाले धेरै देशहरुमा काम गरिसकेकाले अन्र्तराष्ट्रिस्तरमा भएका अभ्यासहरुबारे जानकारी दिन सक्छ भनेर नै एनबिएले भिजासँग सहकार्य गर्न लागेको हो । भिसाका आनन्द झाले नेपाल बैकर्स संघसंग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।
पछिल्लो सयम क्यूआर मार्फत हुने भुक्तानी बढ्दै गएको छ । पछिल्लो तथ्यांकले ३ करोड ५१ लाख क्यूआर मार्फत कारोबार भएको देखिएको छ । १ करोड ३९ लाख डेबिट कार्ड जारी भएको छ । ५ हजार भन्दा बढी एटिएम रहेका छन् ।
प्रतिक्रिया