भुक्तानी सम्बन्धी काम गर्ने संस्थालाई लाभांश वित्तरणमा राष्ट्र बैंकको शर्तै शर्त !

२०८२ साउन ०४ गते

भुक्तानी सम्बन्धी काम गर्ने संस्थालाई लाभांश वित्तरणमा राष्ट्र बैंकको शर्तै शर्त !

काठमाडौ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई लाभांश वितरणमा एक द र्जन बढी शर्त तोकेको छ  । केन्द्रीय बैंक भुक्तानी प्रणाली विभागले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गर्दै लाभांश वितरणमा शर्तै शर्त राखेको हो  । 


लाभांश घोषणा गर्दा संचित मुनाफा ऋणात्मक नरहेको, संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने, शेयर प्रिमियम एवं बार्गेन पर्चेज गेनबाट नगद लाभांश घोषणा गर्न नपाईने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको हुनुपर्ने लगायतको शर्त केन्द्रिय बैंकले तोकेको छ । 
यस्तै नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात हुनुपर्ने, संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरुले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको, केन्द्रिय  बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भिर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको हुनुपर्नेछ । 
संस्थाहरुले लाभांश वितरणको प्रस्ताव र स्वीकृतिसम्बन्धी तोकिएको व्यवस्था पुरा गर्नुपर्ने छ। जसमा जोखिम बहन कोष र जगेडा कोषहरुमा रकम छुट्याई बाँकी रहेको संचित मुनाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्नेछन्। लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृतिसँगै लाभांश प्रस्तावसमेत समावेश गरी राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छ।  भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको समेत व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्नेछ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिनेछ ।
 

Advertisement:

Ad
Ad