भदौ १ गतेदेखि लागू हुनेगरी १३ बैंकहरूले ब्याजदर घटाउँदा प्राइमले बढायो, अन्य ६ बैंकको यथावत

२०८१ साउन ३२ गते

भदौ १ गतेदेखि लागू हुनेगरी १३ बैंकहरूले ब्याजदर घटाउँदा प्राइमले बढायो, अन्य ६ बैंकको यथावत

काठमाडौँ । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर अझै घटाएका छन् । भदौ १ गतेदेखि लागू हुनेगरी वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

बैंकहरूले भदौ महिनाका लागि औसतमा ०.२१ विन्दुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । औसतमा वाणिज्य बैंकहरूको व्यक्तिगततर्फको मुद्दती निक्षेप ब्याजदर ६.५३ प्रतिशतमा झरेको छ । जुन साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत रहेको थियो ।

Advertisement:

Ad
Ad

भदौका लागि एक बैंकले मात्रै ब्याजदर बढाएको छ । प्राइम बैंकले साउनको तुलनामा ब्याजदर बढाएको हो । त्यस्तै, १३ बैंकहरूले ब्याजदर घटाएका छन् । ६ बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

त्यसैगरी, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।