बैंकर्स संघको अध्यक्ष बन्ने भए कोइराला

२०८१ पुस ०१ गते

बैंकर्स संघको अध्यक्ष बन्ने भए कोइराला

काठमाडौ । नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा सन्तोष कोइराला सर्वसम्मत चयन हुने भएका छन्। कोइराला माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । प्रभु बैंकका सिइओ अशोक शेरचन पनि अध्यक्ष बन्ने लाइनमा थिए । उनले उम्मेव्दारी समेत दिइसकेका थिए । तर उनी आफ्नो उम्मेद्वारीबाट पछि हटेपछि कोइराला अध्यक्ष बन्ने भएका हुन् । उनी अहिले संघका उपाध्याक्ष छन् ।

नेपाल बैंकर संघका पूर्वअध्यक्ष अशोक राणा र ज्ञानेन्द्र ढुंगाना, वर्तमान अध्यक्ष सुनिल केसी तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबीच सोमबार छलफल भएपछि सीईओ शेरचन उम्मेदवारी छाड्न तयार भएका हुन् । संघको वार्षिक साधारण सभा आगामी पुस ३ गते हुदैछ। सोही सभाबाट आधिकारिक घोषणा हुनेछ । अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ। यस्तै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी उपाध्यक्ष हुने भएका छन्।हाल संघमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी अध्यक्ष छन्। करिब डेढ दशकदेखि संघको अध्यक्ष सहमतिमै चयन हुदै आएको छ ।

Advertisement:

Ad
Ad