बैंकहरुले एक महिनामा कमाए ९ अर्ब बढी नाफा, ग्लोबल आइएमइ एक्लैको करिब १ अर्ब अरु बैंकको कति ?

२०८१ असोज ०१ गते

बैंकहरुले एक महिनामा कमाए ९ अर्ब बढी नाफा, ग्लोबल आइएमइ एक्लैको करिब १ अर्ब अरु बैंकको कति ?

काठमाडौ । बाणिज्य बैंकहरुले एक महिनामै (साउनमा) ९ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका २० वाणिज्य बैंकले ९ अर्ब १७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको जनाएको छ । गत वर्षको यसै अवधिमा बैंकहरुले ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बढी नाफा कमाएका थिए । यस आधारमा हेर्दा चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुको नाफा गत वर्षभन्दा बढेको छ ।

एक महिनामै करिब १ अर्बको हाराहारीमा ग्लोबल आइएमइ बैंकले नाफा कमाएको छ । यो बैंकको नाफा ८९ करोड २० लाख रुपैयाँ रहेको छ । दोस्रो बढी नाफा कमाउँनेमा नबिल बैंक रहेको छ नबिलले ८० करोड बढी नाफा गरेको छ । नेपाल बैंक र माछापुछ्रे बैंकले भने सबैभन्दा कम नाफा गरेका छन् । नेपाल बैंकले २२ करोड ३० लाख रुपैयाँ र माछापुछ्रेले २० करोड २० लाख रुपैयाँ नाफा गरेको छ । यस्तै एनआइशी एशियाको पनि नाफा कम छ । यो बैंकले एक महिनामा २६ करोड ६० लाख रुपैयाँ कमाएको हो ।

Advertisement:

Ad
Ad

कुन बैंकको नाफा कति ? नेपाल बैंक ः २२ करोड ३० लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक ः ३६ करोड रुपैयाँ नबिल बैंक ः ८० करोड ३० लाख रुपैयाँ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ः ५७ करोड ७० लाख रुपैयाँ स्ट्याण्डर्ड चार्टड बैंक ः ३१ करोड १० लाख रुपैयाँ हिमालयन बैंक ः ५८ करोड ८० लाख रुपैयाँ नेपाल एसबिआइ बैंक ः ३३ करोड ३० लाख रुपैयाँ एभरेष्ट बैंक ः ४२ करोड २० लाख रुपैयाँ एनआइशी एशिया २६ करोड ६० लाख रुपैयाँ माछापुछ्रे बैंक ः २० करोड २० लाख रुपैयाँ कुमारी बैंक ः ५० करोड ३० लाख रुपैयाँ लक्ष्मी सनराइज बैंक ः ४३ करोड ३० लाख रुपैयाँ सिद्धार्थ बैंक ः ३४ करोड ८० लाख रुपैयाँ कृषि विकास बैंक ः ७१ करोड २० लाख रुपैयाँ ग्लोबल आइएमइ बैंक ः ८९ करोड २० लाख रुपैयाँ सिटिजन्स इन्टरनेशनल बैंक ः ३४ करोड २० लाख रुपैयाँ प्राइम कमर्सियल बैंक ः ५० करोड ५० लाख रुपैयाँ एनएमबी बैंक ः ४२ करोड ७० लाख रुपैयाँ प्रभु बैंक ः ५३ करोड ८० रुपैयाँ सानिमा बैंकः ३८ करोड २० लाख रुपैयाँ