अब देखि लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउँने

२०८२ भदौ ०८ गते

अब देखि लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउँने

काठमाडौ ।  लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउँने भएका छन् । तर त्यसका लागि नेपालल राष्ट्र बैंकले शर्त निर्धारण गरेको छ ।

केन्द्रिय बैंकले  लघुवित्तको लाभांश नीतिमा परिमार्जन गर्दै पुँजीकोष अनुपात र निष्क्रिय कर्जा अनुपातका आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको हो । यसअघि लघुवित्तले १५ प्रतिशतसम्म मात्र लाभांश दिन पाउथे । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको र पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएको लघुवित्त संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । त्यस्तै पुँजीकोष १२ प्रतिशतभन्दा माथि भए पनि निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म भएमा २० प्रतिशत लाभांश दिने पाउने व्यवस्था गरिएको छ । त्यस्तै निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि १५ प्रतिशतसम्म भएर पनि पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएमा १५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement:

Ad
Ad


पुँजीकोष अनुपात १० देखि १२ प्रतिशतसम्म भएका लघुवित्तले निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुँदा २० प्रतिशत लाभांश बाँड्न पाउने भएका छन् । त्यस्तै निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म हुनेले १५ प्रतिशत र निष्क्रिय कर्जा १० देखि १५ प्रतिशतभन्दा माथि हुनेले १० प्रतिशत लाभांश बाँड्न पाउनेछन् ।

यता पुँजीकोष अनुपात ८ देखि १० प्रतिशतसम्म हुने लघुवित्तले भने निष्कृय कर्जाको आधारमा ५ देखि १५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने राष्ट्र बैंकले जनाएको छ । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएमा १५ प्रतिशत, ५ देखि १० प्रतिशतसम्म भएमा १० प्रतिशत र १० देखि १५ प्रतिशतसम्म भएमा १५ प्रतिशत लाभांश बाँड्न पाउने निर्देशनमा उल्लेख छ ।


तर लघुवित्तको निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा माथि भएमा भने लाभांश वितरण गर्न पाउने छैनन् । लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्न नसकेका लघुवित्तले भने लाभांशमा बोनस सेयर मात्रै वितरण गर्नुपर्नेछ । कर प्रयोजनको लागि भने नगद लाभांश दिन सक्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।