आज पनि बैकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउँदै केन्द्रिय बैंक

२०८२ साउन ११ गते

आज पनि बैकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउँदै केन्द्रिय बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बैकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउँदैछ । २८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल मार्फत उक्त रकम उठाउँन लागेको हो । आज मध्यान्ह तीन बजेसम्म अनलाइन विडिङ हुनेछ । यो निक्षेप भदौ ८ गते परिपक्क हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ ।


 यो निक्षेप  अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा समेत प्रयोग गर्न सकिनेछ । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।र्

Advertisement:

Ad
Ad