२०८२ असार २७ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । गभर्नरमा डा. विश्वनाथ पौडेल आएपछिको पहिलो मौद्रिक नीति अत्यत्तै चलक हुने आंकलन गरिएको छ । डा. पौडेलले पनि विभिन्न फोरमको अभिव्यक्तिमा चलक नीतिको संकेत गर्दै आएका छन् ।
विशेष गरी उनले अर्थसमितिमा बैंकको लाइसेन्सको अवधि किन नराख्ने भन्दै दिएको अभिव्यक्तिले पनि बैंकको नियामकी प्रावधानमा भने केही कडाई हुर्ने संकेत देखिन्छ । यस्तै सेयर बजारका लागि पनि उनको नीतिले राम्रै सम्बोधन गर्ने आंकलन गएिको छ । यद्यपि अधिक लचक मौद्रिक नीतिले निम्त्याउँन सक्ने जोखिमप्रति पनि उनी सचेत देखिन्छन् । अर्थतन्त्र चलायमान बनाउन आवश्यक पर्ने उपकरणमा भने उनी चलक हुने देखिन्छ ।
बिहिबार बसेको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरिसकेको छ । मौद्रिक नीति बजेटलाई सघाउँन गरी आउने गरेको छ । बजेटले ६ प्रतिशतको आर्थिक बृद्धि र ५.५ प्रतिशत भित्र महंगी नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यमा मौद्रिक नीति आधारित हुनेछ ।
प्रतिक्रिया