आज बैकिंङ प्रणालीबाट ९० अर्ब उठाउँदै केन्द्रिय बैंक

२०८२ असोज २१ गते

आज बैकिंङ प्रणालीबाट ९० अर्ब उठाउँदै केन्द्रिय बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज  बैकिंङ प्रणालीबाट ९० अर्ब उठाउँदै  छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त रकम उठाउँन लागेको हो ।

 

Advertisement:

Ad
Ad

आज दिउँसो ३ बजे उक्त निक्षेपका लागि आनलाईन मार्फत बोलकबोल हुनेछ । यो निक्षेप कात्तिक २ गते परिपक्क हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म  बैंकहरुले बोलकबोल गर्न सक्नेछन् ।


केन्द्रिय बैंकमा राखिने यो निक्षेप  अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा समेत प्रयोग गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।  निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।


बैकिंङ प्रणालीमा अधिक तरलताको समस्या अझै हट्न नसक्दा त्यसको व्यवस्थापन गर्न केन्द्रिय बैंकलाई हम्मे हम्मे परेको छ ।