आईजीआई प्रुडेन्सियलको खुद नाफा १८१ प्रतिशतले बढ्यो

२०८१ वैशाख २६ गते

आईजीआई प्रुडेन्सियलको खुद नाफा १८१ प्रतिशतले बढ्यो

काठमाडौं । आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी अर्थात् आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक बर्ष २०८०–८१ को अघिल्लो नौ महिनामा आफ्नो खुद नाफा १८१ प्रतिशतले बढाउन सफल भएको छ ।

कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले ४६ करोड ७६ लाख २९ हजार रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधीको तुलनामा ३० करोड १२ लाख ३५ हजार रुयियाँ बढी हो

Advertisement:

Ad
Ad

गत आवको सोही अवधीमा कम्पनीले १६ करोड ६३ लाख ९४ हजार रुपियाँ मात्रै नाफा कमाएको थियो । बीमांकीय मूल्यांकनपछि आईजीआई प्रुडेन्सियलको नाफा थप बढ्ने छ । बीमांकीय मूल्यांकन गर्दा बीमांकीले बीमा कोषको १० प्रतिशत रकम नाफा–नोक्सान खातामा सार्न सक्नेछन् । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्नेछ ।

तीन अर्ब चुक्तापुँजी रहेको यस कम्पनीको नेटवर्थ भने १८१.९१ कायम भएको छ । यसैगरि, प्रतिशेयर आम्दानी २०.५८ प्रतिशत रहेको छ भने प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३९०.८३ र पीई रेसियो २६.१ रहेको छ ।