आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा पुनः कबि फुयाल नियुक्त

२०८१ साउन २० गते

आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा पुनः कबि फुयाल नियुक्त

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कबि फुयाललाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुःन नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सीईओमा फुयाललाई आगामी चार वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो। उक्त निर्णयलाई अन्तिम स्वीकृतीको लागि नियमनकारी निकाय बीमा प्राधिकरण पठाएको जनाएको छ ।

Advertisement:

Ad
Ad

फुयाल आगामी ४ वर्षको लागि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । फुयाल २०७७ साल भदौं ७ गते कम्पनीको सिइओ नियुक्त भएका थिए । उनको कार्यकाल सकिनु अघि नै नियामकीय प्रक्रिया अनुसार पुनः नियुक्ती प्रक्रिया अघि बढाइएको हो ।