२०८१ कात्तिक २० गते
काठमाडौ । पहिलो त्रैमास सकिएको छ । बैंकहरुले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । आगामी पुस मसान्तसम्म बार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान अनुरुप बाणिज्य बैंकहरुले धमाधम साधारणसभा गरिरहेको छन् भने केहीले साधारणसभाको मिति घोषणा गरेका छन् । बार्षिक साधारणसभामा सबैभन्दा चासोको विषय कुन बैंकले आफ्ना सेयरधनीलाई कति लाभांश दिदैछन भन्ने हो । यसैविचि हालसम्म लाभांश घोषणा गरेका केही बैंकका बारेमा कसले कति लाभांश दिदैछन भन्ने जानकारी दिन खोजेका छौ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये अहिलेसम्म ७ वटा बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका मध्ये स्ट्याण्डर्ड चार्टड बैंकले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले २५.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले ६.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो हालसम्म बैंकहरुले घोषणा गरेको लाभांश मध्य धेरै हो । यस्तै सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफबाट ५.५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यो पटक बैंकले नगद लाभांश नदिने भएको छ । बैंकले मंसिर २७ गते साधारणसभा बोलाएको छ । यता प्राइम बैंकले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सिटिजन्स बैंकले गत आवको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको सभाले यो प्रस्ताव कात्तिक १२ गतेको साधारणसभाबाट पारित गरिसकेको छ । यस्तै एभरेष्ट बैंकले १० प्रतिशत बोनस र ५.५३ नगद सहित १५.५३ प्रतिशत लाभांश दिदैछ । यो प्रस्ताव बैंकको वार्षिक साधारण सभाले पारित गरिसकेको छ । यस्तै नबिल बैंकले गत आथिको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया