बैकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउँदै केन्द्रिय बैंक

२०८२ कात्तिक ३० गते

बैकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउँदै केन्द्रिय बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैकिंङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउँदैछ । नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत यो रकम उठाउँन लागेको हो । आज २ बजे अलाइन प्रणालीबाट बोलकबोल हुनेछ ।

 

Advertisement:

Ad
Ad

यो निक्षेप ८४ दिनमा परिपक्क हुनेछ । यसैकारण यसको साँवा ब्याज भुक्तानी माघ १५ गते हुनेछ । बोलकबोल भाग लिन चाहने बैंक तथा वित्तिय संस्थाले घटीमा  १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सकिनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

 

निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।