३४ महिनायता कै सस्तो भयो ऋणको ब्याजदर

२०८१ कात्तिक १४ गते

३४ महिनायता कै सस्तो भयो ऋणको ब्याजदर

काठमाडौ । बैंक तथा वित्तिय संस्थाहरुले प्रवाह गर्ने ऋणको ब्याजदर करिब ३ वर्षयताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले ३४ महिना पछि ऋणको ब्याजदर निकै सस्तो भएको जनाएको छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार बैंकहरुको आधार दर औषतमा साढे ७ प्रतिशत कायम भएको छ । यसअघि २०७८ कात्तिकमा ७.४९ प्रतिशत आधार दर थियो । यो विचमा सबैभन्दा बढी आधारदर २०७९ माघमा थियो । त्यतिबेला बैंकहरुको औषत आधारदर १०.८५ प्रतिशत थियो । आधारदर नै दोहोरो अंकको भएपनि ऋणको ब्याजद बढी थियो । त्यतिबेला बैंकहरुले अचाक्ली ब्याजदर बढाएको भन्दै चौतर्फी आलोचना समेत भएको थियो । तर अहिले ब्याजदर निकै सस्तो हुदा पनि बैंकहरुमा ऋणको माग छैन । अहिले अधिकतम तरलता भएपछि बैंकहरुले सस्तो ब्याजदरमा केन्द्रिय बैंकमा निक्षेप राख्न बाध्य छन् ।

बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणका तत्वहरु समावेश गरिएको दर नै आधार ब्याजदर हो । यसकारण आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । आधारदरमा प्रिमियम जोडेर ब्याजदर निर्धारण हुने भएकाले बढी आधारदर भएको बैंक तथा वित्तिय संस्थाले बढी ब्याजदर निर्धारण गर्छन भने कम आधारदर भएका बैंक तथा वित्तिय संस्थाको ब्याजदर कम हुने गरेको छ । सामान्यतया कुनै पनि व्यक्तिले ऋण लिनुअघि उक्त बैंक तथा वित्तिय संस्थाको आधारदर कति छ सो हेरेर मात्र कुन बैंकबाट ऋण लिने भन्ने निर्णय गर्छ ।

Advertisement:

Ad
Ad