२०८१ जेठ ३० गते
काठमाडौं । वाणिज्य बैंकले १० महिनामा ४८ अर्बभन्दा धेरै खुद नाफा कमाएका छन्। वैशाख मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकले ४८ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका हुन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी कमाउनेमा नबिल बैंक रहेको छ ।वैशाख मसान्तसम्म नबिलले ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ ।
धेरै नाफा कमाउने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले १० महिनामा ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यसले ३ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएको छ ।
साथै, प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । यसअवधिमा यी ४ बाहेक ८ बैंकको खुद नाफा २ अर्ब रुपैयाँभन्दा धेरै छ । ७ बैंकको नाफा १ अर्बभन्दा माथि छ । नेपाल बैंकको नाफा भने सबैभन्दा कम ५९ करोड रुपैयाँ छ ।
प्रतिक्रिया