एभरेष्ट बैंकको सीईओमा पुनः नियुक्त भए सुदेश खालिङ

२०८२ भदौ २२ गते

एभरेष्ट बैंकको सीईओमा पुनः नियुक्त भए सुदेश खालिङ

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुदेश खालिङ पुनः नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल बैंकको सीईओमा कार्यरत खालिङलाई असोज ८ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । 

 

Advertisement:

Ad
Ad

सीईओ खालिङलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको हो । उनले असोज ८ गतेदेखि कार्यभार सम्हाल्नेछन् । बैंकिङ क्षेत्रमा साढे तीन दशकको अनुभव बटुलेका उनी एभरेष्ट बैंकमा पहिलो नेपाली सीईओ हुन् । उनलाई बैंकले २०७८ असोजमा सीईओमा नियुक्त गरेको थियो।