सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले वृद्धि, लाभांश क्षमता २०.४७ प्रतिशत

२०८२ साउन २६ गते

सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले वृद्धि, लाभांश क्षमता २०.४७ प्रतिशत

काठमाडौँ । सानिमा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।                              


विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर २० रुपैयाँ ४७ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता २०.४७ प्रतिशत रहेको छ। बैंकको खराब कर्जा बढेर ३.०१ प्रतिशत पुगेको छ ।अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ११.७३ प्रतिशत छ ।

Advertisement:

Ad
Ad