सीईओ पक्राउ प्रकरण : प्रभु बैंकले भन्यो बैंकिङ कारोबार नियमित हुनेछ,फरक पर्दैन

२०८२ मंसिर १५ गते

सीईओ पक्राउ प्रकरण : प्रभु  बैंकले भन्यो बैंकिङ कारोबार नियमित हुनेछ,फरक पर्दैन

काठमाडौं । प्रभु बैंकका बहालवाला सीईओ अशोक शेरचन बैंकिङ कसुरमा पक्राउ परेपछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरज लम्सालले पाएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०८२ मंसिर १४ गते बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीलाई पक्राउ गरि अनुसन्धान सुरू गरेपछि बैंक सञ्चालक समितिले वरिष्ठतम कर्मचारीको रूपमा लम्साललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

 

Advertisement:

Ad
Ad

यस्तै बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरु सम्पूर्ण शाखा सञ्जालहरुबाट निर्वाध रुपमा सञ्चालन हुने बैंकले स्पस्ट पारेको छ ।उक्त अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, सेयरधनी तथा ग्राहकहरुको हितमा कुनै पनि नकारात्मक असर पर्ने अवस्था नरहेको बैंकले विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।