एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

२०८२ मंसिर १४ गते

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड NCHL सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ। यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउनेछ ।

 

Advertisement:

Ad
Ad

सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका मार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन । यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ ।


पेमेन्ट गेटवेमा 3D secure प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरण verification का लागि OTP वा पासवर्ड आवश्यक पर्दछ जसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँदछ । यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुने र अनाधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ । सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।