नबिल बैंकका सिनियर डेपुटी सीईओ शाक्य एनआईसी एशिया बैंकको सीईओमा नियुक्त

२०८२ कात्तिक १७ गते

नबिल बैंकका सिनियर डेपुटी सीईओ शाक्य एनआईसी एशिया बैंकको सीईओमा नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन्। बैंकको कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले शाक्यलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार उनले ३० दिनभित्र सीइओको कार्यभार सम्हाल्ने छन् ।

 

Advertisement:

Ad
Ad

हाल शाक्य नबिल बैंकको सिनियर डेपुटी सीइओ छन्। शाक्य नबिल आउनु अगाडी उनी ग्लोबल आईएमई बैंकमा थिए ।  उनीसँग साविकको जनता बैंक, सिभिल बैंक, बैंक अफ एशिया, लक्ष्मी बैंकमा काम गरिसकेको अनुभव छ । उनले एनआईसी एशिया बैंकमा पनि काम गरिसकेका छन् ।

 

उनीसँग २० वर्षको बैंकिंग अनुभव रहेको छ।