५० दरको ४२ करोड थान नोट छपाइका लागि चाइना बैंक नोट प्रिन्टिङसँग करार सम्झौता

२०८२ कात्तिक २७ गते

५० दरको ४२ करोड थान नोट छपाइका लागि चाइना बैंक नोट प्रिन्टिङसँग करार सम्झौता

काठमाडौँ । नेपालमा प्रचलित ५० रुपैयाँको ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चाइनिज कम्पनीसँग करार सम्झौता गरिएको छ । नोट छपाईका लागि बैंकको वेबसाईटमा सूचना प्रकाशन गरी बोलपत्र आह्वान गरिएकोमा रीतपूर्वक पेश हुन आएको कम्पनी चयन गरिएको बैंकले जनाएको छ ।

 न्यूनतम मूल्याङ्गित सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङ चाइनासँग मिति २०८२र०७र२५ गते अमेरिकी डलर १० मिलियन ४२२ हजार ५३५ सेन्ट बराबरको नोट छपाई स्विकृती दिइएको हो । 

Advertisement:

Ad
Ad

यो करार सम्झौता सार्वजनिक खरिद (चौधौं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा) को दफा ५४ को व्यवस्था बमोजिम रहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।