अघिल्लो वर्ष सेयरधनीलाई हात खाली बनाएको माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश दिँदै

२०८२ भदौ १४ गते

अघिल्लो वर्ष सेयरधनीलाई हात खाली बनाएको माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश दिँदै

काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकको भदौ १३ गते बसेको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ ।


नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनिलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad

राष्ट्र बैंकले अन्तिम स्वीकृति चाँडै दिएको अवस्थामा दशैंअघि नै सेयरधनीको खातामा लाभांश पठाउने बैंकले जनाएको छ ।अघिल्लो आर्थिक वर्षमा बैंकले सेयरधनीलाई लाभांश दिन सकेको थिएन ।