कर्जा रिकभरीमा सुधार गरेसँगै कुमारी बैंकको नाफा बढ्यो

२०८२ साउन २२ गते

कर्जा रिकभरीमा सुधार गरेसँगै कुमारी बैंकको नाफा बढ्यो

काठमाडौँ । कुमारी बैंकले आर्थिक वर्ष २०८१/८२ मा कर्जा रिकभरीमा सुधार गरेसँगै ६ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। तर, आयकर ऐनको अव्यवहारिक व्यवस्थाले गर्दा बैंकको करअघिको नाफा ५ अर्ब ७८ करोड हुँदासमेत खुद नाफा घटेर २ अर्ब ११ करोडमा सीमित भएको छ।

 

Advertisement:

Ad
Ad

बैंकले करिब ३ अर्ब ६६ करोड रुपैयाँ आयकर तिर्नुपरेको छ, जसको मुख्य कारण प्रोभिजन खर्चको सीमित लेखांकन हो। अघिल्लो वर्ष पनि नाफा कम हुँदाहुँदै ९९ करोड कर तिर्नुपरेको थियो।

 

गत वर्ष बैंकले २ अर्ब ७९ करोड मात्रै कर्जा नोक्सानी व्यवस्था छुट्याएको थियो, जुन अघिल्लो वर्षको तुलनामा निकै कम हो। सञ्चालन नाफा र खुद नाफा दुवैमा उल्लेखनीय सुधार भएको छ।बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ५५ करोड, फि तथा कमिसन आम्दानी २ अर्ब ६७ करोड पुगेको छ। कुल निक्षेप ३ खर्ब ६४ अर्ब र कर्जा लगानी २ खर्ब ६० अर्ब छ।

 

सञ्चित घाटा ५ अर्ब ३६ करोडबाट घटेर २ अर्ब ७९ करोडमा झरेको छ। यद्यपि, अघिल्लो घाटाका कारण वितरणयोग्य नाफा भए पनि लाभांश वितरण गर्न भने अझै अप्ठ्यारो छ।बैंकको निष्कृय कर्जा ६.४२५, पुँजीकोष अनुपात १२.९८५ र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७ पैसा पुगेको छ।