कर्णाली विकास बैंक लिक्विडेसनमा नजाने, नयाँ लगानीकर्ता मार्फत पुनःसंरचना गरिने

२०८२ असोज ३० गते

कर्णाली विकास बैंक लिक्विडेसनमा नजाने, नयाँ लगानीकर्ता मार्फत पुनःसंरचना गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली विकास बैंकलाई लिक्विडेसनमा नलैजाने निर्णय गरेको छ। डीडीए रिपोर्टअनुसार बैंकको खुद नेटवर्थ करिब २ अर्ब ४७ करोड रुपैयाँ ऋणात्मक रहेको र बैंकको सम्पत्ति दायित्वभन्दा कम रहेकाले लिक्विडेसन गर्दा निक्षेपकर्ताको रकम फिर्ता नहुने अवस्था देखिएको हो।

निक्षेप बिमा पनि सबै निक्षेप कभर गर्न नसक्ने भएकाले राष्ट्र बैंकले नयाँ लगानीकर्तामार्फत पूँजी हालेर बैंकलाई पुनःसंरचना गर्ने योजना बनाएको छ। अपचलनमा संलग्न लगानीकर्ताको सेयर खारेज गरी चुक्ता पुँजी घटाइने र नयाँ लगानीकर्ता भित्र्याएर नेटवर्थ पोजेटिभ बनाएर बैंक सञ्चालनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ । 

Advertisement:

Ad
Ad

नयाँ बैंक खोल्न इच्छुक लगानीकर्तालाई कर्णालीमा लगानी गराएर बैंक बचाउने योजनामा छलफल भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ।