२०८२ भदौ २२ गते
काठमाडौँ । कामना सेवा विकास बैंकले आकर्षक लाभांश घोषणा गरेको छ । यो सँगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंकमा कामना सेवा दर्ज हुन सफल भएको छ ।
आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले बैंकका सेयरधनीहरुलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट १५ दशमलव ७८ प्रतिशत लाभांश दिने तय गरेको हो । यसमा बोनस सेयर १० प्रतिशत र ५दशमलव ७८ प्रतिशत नगद लाभाशं रहेको बैंकले जनाएको छ । गत आर्थिक वर्षमा बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया