एभरेस्ट बैंकको पहिलो त्रैमासमा १ अर्ब ६८ करोड नाफा, ब्याज आम्दानी र प्रतिसेयर आम्दानीमा वृद्धि

२०८२ कात्तिक २१ गते

एभरेस्ट बैंकको पहिलो त्रैमासमा १ अर्ब ६८ करोड नाफा, ब्याज आम्दानी र प्रतिसेयर आम्दानीमा वृद्धि

काठमाडौं । एभरेस्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार, सो अवधिमा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.५६ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १ अर्ब ६१ करोड रुपैयाँ थियो।

बैंकको नाफा बढ्नमा खुद ब्याज आम्दानीको वृद्धि प्रमुख कारण बनेको छ। पहिले २ अर्ब १३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले बढेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

Advertisement:

Ad
Ad

त्यस्तै, लोन लस प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) भने केही वृद्धि भएको छ—पहिले १० करोड रुपैयाँ रहेकोमा अहिले ४२ करोड रुपैयाँ पुगेको छ। बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ, जुन पहिले ३४.८५ रुपैयाँ थियो भने अहिले ३६.४४ रुपैयाँमा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ रहेको छ र असोज मसान्तसम्म वितरणयोग्य नाफा ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।

बैंकको निष्क्रिय कर्जा (NPL) केही घटेको छ। गत वर्षको असोज मसान्तमा कुल कर्जाको ०.७७ प्रतिशत निष्क्रिय रहेकोमा अहिले यो घटेर ०.७४ प्रतिशतमा आएको छ। त्यस्तै, बैंकको आधार दर पनि एक वर्षमा ६.५८ प्रतिशतबाट घटेर ४.८६ प्रतिशतमा झरेको छ।