२०८२ मंसिर ०५ गते
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रिता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ ले विभिन्न बैंक, वित्तीय संस्था तथा शैक्षिक संस्थाहरूलाई धम्कीपूर्ण पत्र पठाएर चन्दा संकलन गरिरहेको खुल्न आएको छ।
मंसिर ७ गतेदेखि अनिश्चितकालीन देशव्यापी आमहड्ताल सुरु हुने घोषणा गरिसकेको उक्त अभियानले आफूहरूलाई सहयोग नगरे हुने क्षति–तोडफोड, आगजनी वा लुटपाट जस्ता घटनाको जिम्मेवारी नलिने चेतावनीसमेत पत्रमार्फत दिएको छ।
प्रसाईं समूहले आर्थिक सहयोग माग्दै बैंक तथा वित्तीय संस्थाहरूलाई औपचारिक पत्र पठाएको बताइएको छ। अभियानका केन्द्रीय अर्थ संयोजक देवीप्रसाद संग्रौलाले हस्ताक्षर गरेको पत्रमा, राष्ट्रवादी र देशभक्तहरूले स्वेच्छिक रूपमा नैतिक, आर्थिक र भौतिक सहयोग गर्न अपिल गरिएको उल्लेख छ।
यता बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु उक्त पत्रपछि त्रसित बन्दै आन्तरिक बैठक बसी छलफल गरिरहेका छन् । राष्ट्र बैंकले बैंक बन्द गराउने र चन्दा मागेर धम्की दिने कुरा कानुन विपरित रहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु केही समययता भन्दा आतंक बन्द भएकोमा फेरी प्रसाइँ समूहले पत्र पठाउन थालेपछि काम गर्न त्रास सृजना भएको बताउन थालेका छन् ।
प्रतिक्रिया