२०८२ साउन ०८ गते
काठमाडौं । नियामकीय निर्देशन उल्लंघन गरेपछि नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ ।
गत आर्थिक बर्षको चौथो त्रैमासमा नियामकीय निर्देशन उल्लंघन गर्ने एनआईसी एशिया र सिटिजन्स बैंक कारबाहीमा परेका हुन्।राष्ट्र बैंक सुपरीवेक्षण विभागले ऋणीसँगको सम्झौता विपरित ब्याजदर बढाएपछि एनआईसी एशिया बैंकलाई सचेत गराएको हो ।
‘एकीकृत निर्देशन २०७४ मा उल्लेख भएको व्यवस्था विपरीत ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर र परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था लगायतका एकिकृत निर्देशनमा मा उल्लेख भएको व्यवस्था अनुसार सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको पाइएन,’ राष्ट्र बैंकले भनेको छ ।
निर्देशन विपरित ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई नदिएको पाइएकोले एनआईसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ ९क० बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सिटिजन्स बैंकले स्प्रेड रेट गणना गलत तरिकाबाट गरेको, कर्जाको साँवा र ब्याज तिर्न नयाँ कर्जा दिएको पाइएपछि राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।
सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको पाइएको हो । त्यस्तै दाबी परेका बैंक जमानतको भुक्तानी राष्ट्र बैंकको एकीकृत निर्देशनमा तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद नेपाल बढाइएका कर्जाहरूमा तोकिएअनुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै चालुपुँजी सम्बन्धी मार्गदर्शन, २०७९ मा भएका व्यवस्थाहरूको पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ गरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार सचेत गराइएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
हालका दिनहरुमा सर्वसाधारण लगानीकर्ताहरु द्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको छ, जसले नेपालको पूँजी बजारप्रतिको सर्वसाधारणहरुको बढ्दो जागरुकता र विश्वासलाई स्पष्ट रुपमा उजागर गरेको छ ।
प्रतिक्रिया