२०८२ कात्तिक ३० गते
काठमाडौँ । नेपालीहरु प्रविधीमैत्री बैंकिङ प्रणालीमा अभ्यस्त हुन थालेका छन् । २०८२ असोजमा भएको प्रविधिगत कारोबारले यो पुष्टि गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय स्थिीती अनुसार असोज महिनामा मात्रै एटीएम,क्यूआर कोड र मोबाइल बैंकिङबाट ७ खर्ब ७० अर्बको कारोबार भएको तथ्यांकले देखाएको छ ।
असोज महिनामा डेविट कार्ड अर्थात एटीएम प्रयोगकर्ताहरुले १ करोड ८ लाख पटकको कारोबार मार्पmत रु.१खर्ब १ अर्ब २१ करोड बराबर लेनदेन भएको देखाएको छ ।
त्यसैगरी, मोबाइल बैंकिङ अन्तर्गत ६ करोड ४४ लाख (कारोबार संख्या) कारोबार मार्पmत रु ५खर्ब ४८ अर्ब ५२ करोड कारोबार भएका छन् । क्यु–आर कोड भुक्तानी अन्तर्गत ३ करोड ७४ लाख (कारोबार संख्या)कारोबार मार्पmत रु १खर्ब २१ अर्ब ७८ करोड कारोबार भएका छन्।
प्रतिक्रिया