प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

२०८२ मंसिर १४ गते

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।

 

Advertisement:

Ad
Ad

सीआईबी टोलीले उनलाई आज पक्राउ गरेको हो । सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् ।

 

९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका सीईओ शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने कारण पक्राउ गरिएको प्रहरीस्रोतले जनाएको छ ।